Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशमा सक्रिय बन्यो भारी वर्षा गराउने मनसुनी प्रणाली

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | बिहान ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। तर काठमाडौं उपत्यकामा भने ठूलो वर्षाको सम्भावना घटेको मौसमविद्हरूले जनाएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सक्रिय वर्षा प्रणाली कमजोर भइसकेको छ। विभागका वरिष्ठ मौसमविद् मीन कुमार अर्यालले जानकारी दिँदै भने, “उपत्यकामा अब ठूलो पानी पर्ने सम्भावना छैन। प्रणाली कोशी प्रदेशतिर सरेको छ।”

बिज्ञापन

कोशी प्रदेशमा भने अझै पनि सक्रिय प्रणाली देखिएकाले त्यहाँ भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। पाँचथर, इलाम, झापा लगायत तराईका भूभागमा भारीदेखि अति भारी वर्षा भएको र आज पनि कतिपय स्थानमा आइसोलेटेड रूपमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताइएको छ।

तर, दिउँसोपछि प्रणाली क्रमशः कमजोर हुँदै जाने र वर्षाको प्रभाव पनि घट्दै जाने अनुमान गरिएको छ। मधेश प्रदेशमा पनि बादल देखिए तापनि हिजोको जस्तो भारी वर्षा दोहोरिने सम्भावना भने कम रहेको छ।

गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको थियो। रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३५१ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka