Premier Cables
Premier Steel

राष्ट्रिय

रातको समयमा काठमाडौं नआउन प्रशासनको आग्रह

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, असोज १७, २०८२  | बिहान ११:५८ बजे

काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म भारी वर्षाका कारण रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले अनावश्यक रूपमा यात्रा नगर्न र विपद् अवस्थामा प्रहरी सम्पर्क गर्न सुझाएका छन्।

जिल्ला प्रशासनले सबैलाई असोज २० गतेसम्म आ-आफ्नो स्थानमा रही सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ।

१७ असोज, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छत ।

विपद्‌को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाअनुसार आजदेखि यही असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ । वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न भनेको हो ।

असोज २० गतेसम्म आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन भनिएको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka