Premier Cables
Premier Steel

अपराध

विराटनगरमा जुवा खेल्दै गरेका ४ जना पक्राउ, नगद र मोटरसाइकल बरामद

Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ४:४७ बजे

विराटनगर । असोज ८ गते बेलुकी करिब १० बजे, विराटनगर महानगरपालिका–१४ स्थित जतुवा बस्ने राजेश रञ्जितकारको घरमा जुवा तास खेलिरहेको अवस्थामा ४ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले छापा मार्दै उनीहरूलाई रु. ८५,९८५ नगद रकम र ३ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले जुवा तासजस्ता अवैध क्रियाकलापहरूविरुद्ध निगरानी बढाएको पनि जानकारी दिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka