






काठमाडौं । बुधबार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.८९ विन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १.०३ प्रतिशतको गिरावट हो ।
आज ४ अर्ब १२ करोड ४८ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा ५३ कम्पनीको मूल्य बढेको छ भने १९३ वटाको घटेको छ ।
आज बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक १.१३ प्रतिशत, फाइनान्स १.३९ प्रतिशत, हाइड्रोपावर ०.९६ प्रतिशत, लगानी १.९० प्रतिशत, जीवन बीमा ०.५२ प्रतिशत, निर्जीवन बीमा १.५१ प्रतिशत घटेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, माइक्रोफाइनान्स ०.८४ प्रतिशत, अन्य २.१६ प्रतिशत तथा व्यापार १.६५ प्रतिशतले घटेका छन् ।
होटल तथा पर्यटन ०.८५ र म्युचुअल फन्ड ०.०४ प्रतिशतले बढेको छ ।आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ को घटेको छ भने ५ वटाको स्थिर छ । आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।