अर्थ

विराटनगर मालपोत कार्यालयलाई राठी केवलद्वारा तीन लाख बराबरको सहयोग

नोट: यो समाचार १ वर्ष अघिको हो

सबिन रोका Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | राती ८:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनेजी आन्दोलनका क्रममा जलेर क्षति पुगेको विराटनगर मालपोत कार्यालयलाई आवश्यक सामग्री अन्नपूर्ण राठी केबल इन्ड्रस्ट्रिज लिमिटेडले प्रदान गरेको छ।

कार्यालयमा कामकाज सहज बनाउनका लागि कम्प्युटर, प्रिन्टर, बिजुली आपूर्तिका तारलगायतका ३लाख बराबर को सामग्री हस्तान्तरण गरिएको हो।

अन्नपूर्ण राठी केबल इन्ड्रस्ट्रिज लिमिटेडका अध्यक्ष श्याम राठीले कार्यालयलाई सहयोग गर्नु कम्पनीको सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गतको पहल भएको बताए।

उनले भने, “सार्वजनिक सेवामा बाधा नआओस् भन्ने उद्देश्यले हामीले तत्काल आवश्यक सामग्री उपलब्ध गराएका हौं। भविष्यमा पनि समाज र राष्ट्रका आवश्यकता अनुसार सहयोग गर्न कम्पनी सधैं तयार रहनेछ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka