Premier Cables
Premier Steel

विराटनगर

नेपाल लेखापढी एशोसिएसनको अध्यक्षमा पुनः न्यौपाने

Calendar आइतबार, आश्विन ०५, २०८२  | बिहान १०:३३ बजे

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित भएका छन् । बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी भए भने उनका निकतम प्रतिद्वन्दी लोकेन्द्रनाथ पोखरेलले ५४ मत मात्रै प्राप्त गरे ।

बिज्ञापन

उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सहसचिवमा अजयकुमार साह, कोषाध्यक्ष, हृदयकुमार राजवंशी र सहकोषाध्यक्ष हरेराम यादव निर्वाचित भएका हुन् । त्यस्तै, कार्य समिति सदस्यमा आशनारायण चौधरी, जानकीकुमारी माझी, निरज यादव, वेदनाथ निरौला, मनोजकुमार थापा, रमेशकुमार यादव र सन्तोषकमार पूर्व विजयी भए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka