Premier Cables
Premier Steel

अपराध

झापामा टेलिफोन तार चोरी गर्ने पाँच जना पक्राउ

Calendar बिहिबार, आश्विन ०२, २०८२  | राती ८:४४ बजे

बिर्तामोड। झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने एक पाँच सदस्यीय समूहलाई पक्राउ गरेको छ।

असोज १ गते गस्तीमा खटिएको प्रहरी टोलीले अप्टिकल फाइबर टेलिफोनको तार पाँचवटा बोरामा प्याक गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये दुई जना भारत दार्जिलिङका कातिक अधिकारी (२४) र राहुल अधिकारी (३४) रहेका छन्।

बिज्ञापन

त्यस्तै, बाँकी तीन जना नेपाली नागरिक हुन् — बुद्धशान्ति गाउँपालिका झापा निवासी विजय राजवंशी (२५), कचनकवल गाउँपालिका–३ का संजय माझी (४२) र इलाम माई नगरपालिका–३ का दिनेश परियार (२७)।

हाल उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka