विराटनगर । विराटनगर विमानस्थलले अबदेखि दलका नेताका लागि भिआईपी कक्ष प्रयोग गर्न नदिने भएको छ ।
विमानस्थलमा पूर्वपट्टि बनाइएको भिआईपी कक्ष अब बन्द गरिएको छ । नागरिक उड्डयन कार्यालयले त्यहाँ तला झुन्ड्याई दिएको छ । नेता आउँदा तिनका अगुवा पछुवा र समर्थकहरुको ठूलो घुइँचो लाग्ने गरेको थियो ।
रनवेसम्म नै जाउँला जस्तो गरेर हातमा माला र खादा बोकेर जाने गरेका थिए । यस्लाई व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गरेको थियो । अबदेखि नेताले समेत सर्वसाधारणकै लाइनमा लागेर विमान चढ्न र उत्रँदा त्यतैबाट गन्तव्यसम्म जानुपर्ने छ ।