Premier Cables

कोशी प्रदेश

जेनजी आन्दोलनमा कोसी सरकारका १८ वटा भवन पूर्ण क्षतिग्रस्त

२३७ सवारी साधनमा क्षति

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | राती ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई क्षतिको तथ्याङ्क पेश गरेकी हुन्।

विज्ञापन

अनुसार, आन्दोलनका कारण प्रदेशभरका ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ। तीमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटा भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सवारी साधनतर्फ आन्दोलनकारीले २३७ वटा सवारी साधनमा क्षति पुर्‍याएको प्रदेश सरकारको विवरणमा उल्लेख छ। तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारी साधन क्षतिग्रस्त भएका छन्। जसमा ६४ वटा पूर्णरूपमा नष्ट भएका छन् भने ११ वटा आंशिक क्षतिग्रस्त भएका छन्।

त्यसैगरी, १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ। तीमध्ये १४४ वटा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएका छन् भने १७ वटा आंशिक क्षतिमा परेको प्रदेश सरकारले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka