Premier Cables
Premier Steel

कोशी प्रदेश

जेनजी आन्दोलनमा कोसी सरकारका १८ वटा भवन पूर्ण क्षतिग्रस्त

२३७ सवारी साधनमा क्षति

Calendar मंगलबार, भाद्र ३१, २०८२  | राती ८:४५ बजे

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई क्षतिको तथ्याङ्क पेश गरेकी हुन्।

बिज्ञापन

अनुसार, आन्दोलनका कारण प्रदेशभरका ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ। तीमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटा भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सवारी साधनतर्फ आन्दोलनकारीले २३७ वटा सवारी साधनमा क्षति पुर्‍याएको प्रदेश सरकारको विवरणमा उल्लेख छ। तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारी साधन क्षतिग्रस्त भएका छन्। जसमा ६४ वटा पूर्णरूपमा नष्ट भएका छन् भने ११ वटा आंशिक क्षतिग्रस्त भएका छन्।

त्यसैगरी, १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ। तीमध्ये १४४ वटा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएका छन् भने १७ वटा आंशिक क्षतिमा परेको प्रदेश सरकारले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka