Premier Cables
Premier Steel

अर्थ

सेयर बजार कारोबार सुचारु गर्ने निर्णय

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा कारोबार सुचारु गर्ने निर्णय गरेको छ ।

सेबोनको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले जेनजी आन्दोलनका कारण बन्द गरिएको सेयर बजार खोल्ने निर्णय गरेको हो ।

बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सेयर कारोबार असोज १ गतेदेखि सुचारु गर्ने व्यवस्थाका लागि अनुमति माग्दै सोमबार सेबोनलाई पत्र पठाएको थियो । नेप्सेको सोही आवेदनलाई आधार मानेर सेयर कारोबार खोल्ने निर्णय भएको बोर्डस्थित स्रोतले जानकारी दिएको छ ।

यो निर्णयसँगै असोज २ गतेदेखि सेयर कारोबार खुल्नेछ । असोज १ गते सार्वजनिक विदा परेकोले सो दिन कारोबार हुनेछैन ।

असोज २ गतेदेखि खुल्ने सेयर बजारको कारोबार साबिकको व्यवस्थाअनुसार नै पूरा समय खुल्नेछ ।

आंशिक कारोबार मात्र गर्ने वा सर्किट ब्रेकर सम्बन्धी नियममा केही परिवर्तन गरेर सुरक्षित ढंगले बजार सुचारु गर्ने पक्षमा धितोपत्र बोर्ड रहे पनि नेप्से त्यसको पक्षमा नआउँदा साबिककै व्यवस्थाअनुसार नै बजार खोल्ने निर्णय भएको स्रोतको भनाई छ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ ।

अरु दुईजना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka