Premier Cables

विराटनगर

नेपाल-भारत सीमास्थित जोगबनी नाकामा कडा सुरक्षा व्यवस्था, दुवै तर्फको आवतजावतमा रोक

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | साँझ ५:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल-भारत सीमा क्षेत्रको प्रमुख नाका जोगबनीमा दुवै देशका सुरक्षा निकायहरूले कडा सुरक्षा व्यवस्था लागू गरेका छन्।

पछिल्लो समय सुरक्षा चुनौती वृद्धि भएको भन्दै दुबै तर्फको आवतजावत अस्थायी रूपमा रोकिएको छ।

विज्ञापन

स्रोतका अनुसार, भारतीय पक्षले आवतजावत गर्नेलाई सीमामा प्रवेश निषेध गरेको छ भने नेपाली सुरक्षाकर्मीहरूले पनि अनावश्यक आवतजावतमा निगरानी कडा बनाएका छन्। स्थानीय प्रशासनका अनुसार आन्सीदोलन र प्रदर्शनका बीच सीमा सम्भावित आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन यो कदम चालिएको हो।

सुरक्षा व्यवस्था कडा पारिएसँगै दैनिक रुपमा साना व्यापार, उपचार, अध्ययन वा भेटघाटका लागि सीमा पार गर्ने सर्वसाधारणलाई समस्या परेको छ। स्थानीय बासिन्दाहरूले दुबै देशका सरकारलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेका छन्।

अधिकृत निकायहरूले सुरक्षा अवस्था सामान्य भएपछिमात्र नाका पुनः खुला गरिने जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka