Premier Cables
Premier Steel

समाचार

विराटनगरमा तोडफोड र आगजनीबाट कहाँ के भयो क्षति ? (अपडेट)

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | बिहान ९:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आन्दोलनका क्रममा विराटनगरका सरकारी तथा निजी भवन र सम्पत्तिमा ठूलो नोक्सानी भएको छ । तोडफोड र आगजनीबाट ठूलो नोक्सानी भएपनि त्यसको पूर्ण विवरण आउन बाँकी नै छ । प्रारम्भिक रुपमा विराटनगरका यी संस्थाहरूको क्षति भएको देखिएको छ ।

विराटनगरमा हिजो एकैदिन भएका तोडफोड र आगजनीका घटनाहरूले स्थिति अत्यन्त तनावपूर्ण बनेको थियो । आन्दोलनरत समूहले सरकारी, निजी तथा संवेदनशील संरचनाहरूलाई लक्षित गर्दै श्रृंखलाबद्ध आक्रमण गरे ।

बिज्ञापन

प्राप्त विवरणअनुसार क्षति पुगेका प्रमुख स्थानहरू निम्न छन्:

मोरङ जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय)

विराटनगर महानगरपालिका कार्यालय

भाटभटेनी सुपरमार्केट

प्रदेशसभा भवन

जिल्ला र उच्च अदालत परिसर

मुख्यमन्त्री कार्यालय

मालपोत कार्यालय

कर कार्यालय

विभिन्न वडा कार्यालयहरू

विभिन्न चोकहरूमा रहेका सालिक तथा ट्राफिक/प्रहरी बिटहरू

राष्ट्रिय वाणिज्य बैंक

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय

कोइराला निवास

विभिन्न राजनीतिक दलका नेताहरूका निवास

प्रदेश प्रमुखको निवास

उपसभामुखको निवास

जिल्ला वन कार्यालय

स्थानीय प्रशासनले सुरक्षाका लागि थप फौज परिचालन गरेको छ भने नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जनाएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

स्थिति नियन्त्रणमा लिन उच्चस्तरीय छलफलहरू जारी छन् भने घटनाको निन्दा गर्दै विभिन्न निकायले संयमित बन्न आह्वान गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka