Premier Cables
Premier Steel

राजनीति

जसपा नेपाल मोरङको अधिवेशन २९ र ३० गते विराटनगरमा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख २५, २०८२  | राती १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख २९ र ३० गते विराटनगरको मारवाडी सेवा सदनमा मोरङ जिल्लाको पहिलो अधिवेशन आयोजना गर्ने तयारी गरेको छ। अधिवेशनमा करिब ६ सय प्रतिनिधि र ५० पर्यवेक्षकको उपस्थिति रहनेछ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उक्त अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। जसपा मोरङले बिहीबार पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीबारे जानकारी गराएको हो।

बिज्ञापन

मोरङ जिल्ला अधिवेशनले ५१ सदस्यीय नयाँ जिल्ला समिति चयन गर्नेछ। वर्तमान अध्यक्ष राजकुमार यादवले पत्रकार सम्मेलनमा आफू पुनः अध्यक्ष पदको दावेदार भएको खुलासा गरे।

यादवले पछिल्लो १२ वर्षदेखि पार्टीको मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
यस अधिवेशनलाई जसपा नेपालले संगठन सुदृढीकरण र मोरङमा पार्टीको प्रभाव विस्तारका लागि महत्त्वपूर्ण मञ्चको रूपमा लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka