Premier Cables
Premier Steel

अर्थ

भारतले वहुदरको जिएसटी दुई दरमा झार्यो, कृषि र स्वास्थ्य क्षेत्र लाभान्वित

Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ९:४४ बजे

एजेन्सी । भारतले ५ दर रहेको वस्तु तथा सेवा कर (जीएसटी) लाई २ दरमा झारेको छ । ०, ५, १२, १८ र २८ प्रतितशत रहेको जीएसटीलाई ५ र १८ प्रतिशमा सीमित गरेको हो ।

भारतको ५६औं जीएसटी परिषद् बैठकले कर दरमा ठूलो सुधार गर्दै दुई तहको वस्तु तथा सेवा कर (जीएसटी) दर प्रणाली (५% र १८%) अनुमोदन गरेको छ । नयाँ जीएसटी दर सेप्टेम्बर २२ देखि हुने भएको छ । भारतमा उल्लेखितबाहेक पनि जीएसटीको अन्य विभिन दर थिए ।

बिज्ञापन

नेपालमा जीएसटी जस्तै मूल्य अभिवृद्धि कर कार्यान्वयनमा छ । मूअ कर एकल दर (१३ प्रतिशत) कर प्रणाली हो । देशका निजी क्षेत्रल भ्याटमा बहुदर आवश्यक रहेको भन्दै विभिन्न दरको कर लागु गर्न माग गरिरहेका छन् । तर, भारतले भने सहजताका लागि दर संख्यालाई ५ बाट २ मा झारेको हो ।

यद्यपि, भारतको नयाँ कर दरमा केही वस्तुमा शुल्य जीएसटी लगाउने निर्णय भएको छ भने केहीमा उल्लेखित दरमा छुट दिने कुरा छ ।

जीएसटी परिषदको बैठकपछि केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले भनिन्, ‘हामीले जीएसटीका स्ल्याब घटाएका छौं । अब दुईवटा मात्र स्ल्याब हुनेछन्, र क्षतिपूर्ति करसम्बन्धी मुद्दाहरू पनि सम्बोधन गरिएका छन् ।’ यी सुधारहरू आम जनतालाई केन्द्रमा राखेर गरिएको उनको भनाइ छ ।

भारतले दैनिक उपभोग्य वस्तुहरूमा लाग्ने करलाई कठोर समीक्षापछि संशोधन गरेको । अधिकांश अवस्थामा दरहरू उल्लेख्य रूपमा घटेका छन् । श्रम-प्रधान उद्योगलाई विशेष सहयोग गरिएको सीतारमणले बताइन् । नयाँ करका दरले कृषक, कृषि क्षेत्र तथा स्वास्थ्य क्षेत्र लाभान्वित हुने उनको दाबी छ ।

करीब १०.५ घण्टा लामो बैठकमा केन्द्र र प्रदेशबीच महत्वपूर्ण कर प्रस्तावमाथि छलफल भएको थियो ।

अर्थमन्त्री सीतारमणका अनुसार रोटी, पराठा लगायत भारतीय परिकारमा अब शून्य कर लाग्नेछ भने जीवनरक्षक औषधिहरूमा समेत कर हटाइएको छ ।

नयाँ दर अनुसारका प्रमुख वस्तु र सेवाहरू

शून्य कर हुने : अल्ट्रा-हाई टेम्परेचर दूध, पनिर, सबै भारतीय रोटी (रोटी, पराठा आदि)।
५% जीएसटी लाग्ने : कपालमा लगाउने तेल, साबुन, स्याम्पु, दाँत माझ्ने ब्रस, दन्तमन्जन, साइकल, टेबलवेयर, किचनवेयर तथा अन्य घरेलु सामान ।

१२% वा १८% बाट ५% मा घटाइएका : नमकीन, भुजिया, सस, पास्ता, इन्स्ट्यान्ट नुडल्स, चकलेट, कफी, मासु संरक्षण गरिएको, कर्नफ्लेक्स, घ्यू र बटर आदी ।

२८% बाट १८% मा घटाइएका : एसी, सबै टेलिभिजन (३२ इन्चभन्दा माथि समेत), डिस वासिङ मेसिन, साना कार तथा मोटरसाइकल (३५० सीसीसम्म)।

२८% बाट १८% मा घटाइएका अन्य : सिमेन्ट, तीन पाङ्ग्रे सवारीसाधन ।

४०% कर लाग्ने : पान मसला, सुर्ती, चुरोट, चिनी मिसाइएको कार्बोनेटेड पेय पदार्थ । पेट्रोल इन्जिन १,२०० सीसीभन्दा माथि र डिजेल इन्जिन १,५०० सीसीभन्दा माथिका कार ।

३३ जीवनरक्षक औषधि तथा उपचारका लागि आवश्यक औषधिमा कर शून्यमा झारिएको छ । कृषि क्षेत्रमा प्रयोग हुने ट्र्याक्टर, कृषि तथा वनीकरण मेसिन, थ्रेसिङ मेसिन, घाँस/पशुचारा बालेर बनाउने मेसिन, कम्पोस्टिङ मेसिन आदि सबैमा कर १२% बाट ५% मा घटाइएको छ । त्यस्तै, १२% बाट ५% मा झारिएका अन्य वस्तुमा १२ प्रजातिका बायो-पेस्टिसाइड, प्राकृतिक मेन्थोल, हस्तकलाका सामग्री, मार्बल, ग्रानाइट ब्लक, इन्टरमेडिएट लेदर सामान आदि छन् ।

जीवनरक्षक औषधिहरूमध्ये क्यान्सर, दुर्लभ रोग र दीर्घ रोग उपचारमा प्रयोग हुने केही औषधिमा ५% बाट शून्य कर गरिएको छ। साथै, चश्मा र दृष्टि सुधार गर्ने चम्सामा जीएसटी २८% बाट ५% मा घटाइएको छ ।

यसो भन्छन् मोदी र विभिन्न राज्यका मुख्यमन्त्रीहरू

प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले स्वतन्त्रता दिवस भाषणमा जीएसटीमा नयाँ पुस्ताका सुधार ल्याउने कुरा उल्लेख गरेअनुसार करको दर घटाएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘विस्तृत प्रस्ताव तयार गरी संघीय सरकारले परिषद्मा प्रस्तुत गरिएको थियो । यसलाई सबै प्रदेशले संयुक्त रूपमा अनुमोदन गरेका छन् । नयाँ कर नीतिले आम नागरिक, किसान, एमएसएमई, मध्यमवर्ग, महिला तथा युवालाई लाभ पुर्‍याउनेछ।’

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले यो निर्णय सबै प्रदेशहरूको सर्वसम्मत समर्थनमा भएको बताए। पश्चिम बंगालकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले दर समायोजनका कारण करिब ४७,७०० करोड रुपैयाँ राजस्व नोक्सानी हुने अनुमान गरिन् । उत्तर प्रदेशका अर्थमन्त्री सुरेश खन्नाले डिमेरिट सामान (जस्तै पान मसला, चुरोट, मदिरा आदिमा) थप करबारे भने अझै निर्णय नभएको र ४०% भन्दा माथिको कर दर पछि टुंगो लाग्ने बताए ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि संघीय सरकारको कदमप्रति समर्थन जनाउँदै, राज्यको धारणा जीएसटीलाई ५% र १८% मा ल्याउने रहेको स्पष्ट पारे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka