Premier Cables
Premier Steel

अर्थ

मेचीबाट रु. १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न १२:२३ बजे

बिर्तामोड । झापाको काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्रै रु १ अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।

केन्द्रका सूचना अधिकारी सन्तोष थापाका अनुसार, उक्त अवधिमा चिया, अलैँची, प्लाइ/भेनियर, अदुवा र अम्लिसो मुख्य निर्यात सामग्री रहेका छन्।

बिज्ञापन

सबैभन्दा धेरै चिया निर्यात गरिएको छ, जसको मूल्य रु ३७ करोड ९८ लाख ६८ हजार रहेको छ। त्यसपछि अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख, र अम्लिसो रु ८ करोड ८७ लाख बराबरमा निर्यात भएको छ।

त्यस्तै, अदुवा रु ६ करोड १० लाख, बन्दा रु ४ करोड ७ लाख, र मसुरो दाल रु २ करोड १३ लाख मूल्य बराबरमा विदेश पठाइएको कार्यालयले जनाएको छ।


निर्यातभन्दा बढी आयात

सोही अवधिमा झापाको पूर्वी नाका हुँदै रु १ अर्ब ६९ करोड १७ लाख ५२ हजार बराबरको कृषिजन्य वस्तु आयात भएको समेत कार्यालयले जानकारी दिएको छ।

सूचना अधिकारी थापाका अनुसार, आयात गरिएका मुख्य वस्तुहरूमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै र पशु दाना रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka