Premier Cables
Premier Steel

अर्थ

अलैंची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल सर्वसम्मत निर्वाचित

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल अलैंची व्यवसायी महासंघको नवौं वार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशनले पाँचथरका दीपक नेपाललाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ। शनिबार झापा, बिर्तामोडमा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गरेको हो।

महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ भने मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। यस्तै, महासचिवमा प्रज्वल बिमली, कोषाध्यक्षमा रामकृष्ण विष्ट र सहसचिवमा प्रेम राई तथा संजीव घिमिरे चयन भएका छन्।

बिज्ञापन

अध्यक्ष पदका लागि दीपक नेपाल, नारान चिमरिया र ओम बिमली प्रतिस्पर्धामा रहेका थिए। सहमतिको प्रयासस्वरूप नेपाललाई अध्यक्ष, चिमरियालाई वरिष्ठ उपाध्यक्ष र ओम बिमलीका छोरा प्रज्वललाई महासचिव बनाउने निर्णयसहित सर्वसम्मत नेतृत्व चयन गरिएको सहभागीहरूले बताएका छन्।

कोशी प्रदेश संयोजकमा ताप्लेजुङका व्यवसायी बालमणि बराल चयन भएका छन्। महाधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए।

नेपालबाट पछिल्लो समय दोस्रो देशमा सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको सूचीमा अलैंची पर्न थालेको छ। प्रमुख निर्यात नाका काँकडभिट्टा रहँदै आएको छ भने अलैंची उत्पादन गर्ने जिल्लाहरूको संख्या हाल ४३ पुगेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka