Premier Cables
Premier Steel

खेलकुद विराटनगर

डिपिएसका विद्यार्थी सिलिगुडीमा ‘दून फुटबल फिएस्टा सिजन-२’ मा सहभागी हुँदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न १२:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित दिल्ली पब्लिक स्कूल (डिपिएस) का विद्यार्थीहरू भारतको सिलिगुडीमा आयोजना हुने अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘दून फुटबल फिएस्टा सिजन-२’ मा सहभागी हुँदै छन्।

विद्यालयका अनुसार प्रतियोगितामा भाग लिन डिपिएस टोली सोमबार सिलिगुडी प्रस्थान गर्ने तयारीमा छ। क्षेत्रीय स्तरमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा विभिन्न देशका विद्यालयहरूले सहभागिता जनाउनेछन्, जसमा डिपिएसका होनहार विद्यार्थीहरूले विद्यालयको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।

बिज्ञापन

डिपिएसका विद्यार्थीहरू पछिल्लो केही महिनादेखि कडा प्रशिक्षणमा जुटिरहेका छन्। विद्यालयका खेल प्रशिक्षक सुमित डंगोलका अनुसार प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट अवसर हो। उनले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै प्रतियोगिताले उनीहरूलाई खेलकुदको विविध पक्षमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे।

विद्यार्थीहरूको सक्रिय अभ्यास, रणनीतिक तयारी र उत्साहपूर्ण सहभागिताले विद्यालय र अभिभावकहरूलाई गौरवान्वित बनाएको छ। प्रतियोगितामा सहभागी हुने उद्देश्य केवल खेल जित्नु मात्र नभई अन्तरसंस्कृतिक अनुभव सँगाल्नु र अन्तरविद्यालय स्तरमा सिकाइको आदानप्रदान गर्नु पनि हो।

डिपिएसका विद्यार्थीहरूले यस अवसरमार्फत आफ्नो मेहनत, समर्पण र खेलप्रतिको भावना प्रस्तुत गर्ने लक्ष्य लिएका छन्। विद्यालयले यो सहभागिताबाट विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय अनुभव, आत्मविश्वास र खेलकुदप्रतिको उत्साह थप बढ्ने अपेक्षा राखेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka