Premier Cables
Premier Steel

अर्थ

सारदा ग्रुपको पशुपति सिनप्याकको नौ महिनामै १.३८ अर्बको कारोबार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ११:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। सारादा ग्रुपको पशुपति सिनप्याक इन्डस्ट्रिजले ९ महिनामै १ अर्ब ३८ करोड रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ बढीको व्यापार गरेको हो।

मोरङको विराटनगरमा सन् २००२ मा दर्ता भएर सुनसरीमा कारखाना सञ्चालन गरेको पशुपति सिनप्याकले सारादा ग्रुपका १५ जनाको लगानी रहेको छ भने कम्पनीको प्रबन्ध निर्देशक अनुपम राठी छन्। कम्पनीले पोलीप्रोपाइलिन (पिपि) र हाइ–डेन्सिटी पोलिथिलीन (एचडिपिई) बाट बनेका सिन्थेटिक बुनेको तथा नबुनेको कपडा र झोला उत्पादन गर्छ। जसमा पिपि बुनेका कपडा (वेभेन फेवरिक), पिपि नबुनेका कपडा (नन्–वेभेन फेवरिक), एचडिपिइ बुनेको कपडा र पिपि झोलाहरु पर्छन्।

बिज्ञापन

कम्पनीले आम्दानीको ठुलो हिस्सा भारततर्फ निर्यातको रहेको छ। आव २०२५ को ९ महिनामा गरेको व्यापार हिस्सामा ६१ प्रतिशतसम्म भारततर्फको निर्यातको हो। कम्पनीले आव २०२४ मा १ अर्ब ७० करोड, आव २०२३ मा १ अर्ब ५७ करोड, आव २०२२ मा २ अर्ब ५ करोड र आव २०२१ मा २ अर्ब ३ करोड रुपैयाँ बढी व्यापार गरेको थियो। कम्पनीले बैंकिङ कर्जा प्रयोजनाका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। जसमा कम्पनीको वित्तीय अवस्थाअनुसार १ अर्ब ८६ करोड ११ लाख रुपैयाँ कर्जा सीमा निर्धारण गरिएको छ।

इक्राले पशुपति सिनप्याक इन्डस्ट्रिजलाई ४६ करोड १२ लाख रुपैयाँ दीर्घलिन कर्जाको लागि ‘एलबिबि’ र १ अर्ब ४० करोड रुपैयाँ अल्पकालिन कर्जाको लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ। कम्पनीले प्राप्त गरेको दुवै प्रकारको कर्जा रेटिङले वित्तीय दायित्व भुक्तानीमा जोखिम रहेको संकेत गर्छ। यो दुवै रेटिङ अघिल्लो पटक कम्पनीले प्राप्त गरेको रेटिङलाई यथावत् गरिएको हो।

इक्राले रेटिङ यथावत् गर्नुका कारकमा लामो सञ्चालन अनुभव, बलियो प्रर्वद्धन समुह, सुधारिएको व्यापार र आम्दानी, बजारमा सकारात्मक सम्भावनालाई प्रमुख बनाएको छ। कम्पनी २००२ देखि सञ्चालनमा रहेको छ भने, नेपालको विभिन्न उत्पादन तथा व्यापारको क्षेत्रहरु सिमेन्ट, स्टिल, खाद्यन्न, प्याकेजिङ लगायतमा लगानी गर्ने सारादा गु्रपको प्रर्वद्धन छ। साथै, कम्पनीले आव २०२५ को पहिलो ९ महिनामै राम्रो व्यापार गरेको छ। २०२३ को आर्थिक मन्दीको आंकिस रिकभरी कम्पनीले यो ९ महिनामै गरेको रेटिङ रिपोर्टमा उल्लेख छ।

यस्तै, कम्पनीको उतपादन पोलीप्रोपाइलिनबाट बनेको कपडा र झोलाको माग बजार बढ्दै गएको छ। यसको प्रयोग सिमेन्ट, खाद्यन्नलगायतका सामान प्याक गर्न प्रयोग हुन्छ। साथै, झोला बनाउन र छोप्ने सामाग्रीहरु बनाउनमा पनि प्रयोग हुन्छ। यही उत्पादन नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka