Premier Cables
Premier Steel

अर्थ

झापाका चिया मजदुर हड्तालमा, चार बगानमा काम बन्द

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड। श्रम ऐनअनुसारको माग पूरा नभएको भन्दै झापाका चिया मजदुरहरूले आन्दोलन सुरु गरेका छन्। आन्दोलनको क्रममा मजदुरहरूले जिल्लाका चार वटा चिया बगान बन्द गराएका छन्।

नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईका अनुसार भद्रपुरस्थित गौरीशंकर, रिद्धिगणेश, सूर्य टी इस्टेट र मेचीनगरको नाज टी इस्टेटका मजदुरहरूले हड्ताल गरेका हुन्। गौरीशंकर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि नै काम ठप्प भएको हो भने नाज टी इस्टेटमा हड्ताल सुरु गरिएको छ।

बिज्ञापन

राईका अनुसार यो आन्दोलन क्रमशः जिल्लाका अन्य बगानहरूमा पनि विस्तार हुँदै जानेछ।

श्रम ऐन २०७४ को दफा ११६ अनुसार श्रमिकहरूले सामूहिक मागदाबी गर्न पाउने अधिकार राख्छन्। सोही अनुसार वैशाखको अन्त्यमा मजदुरहरूले आफ्नो मागसहित बगान सञ्चालकसमक्ष सामूहिक मागदाबी पेस गरेका थिए।

“मागदाबी राखिएको २१ दिनभित्र वार्ता बोलाएर विषय टुंग्याउनुपर्ने कानुनी व्यवस्था छ,” राईले भने, “यदि त्यस्तो नभए श्रमिक पक्ष श्रम कार्यालय जान सक्ने अधिकार राख्छ। श्रम कार्यालयमा उजुरी परेपछि ३० दिनभित्र दुवै पक्षको सहभागितामा समाधान गरिनुपर्ने हो, तर त्यो पनि भएन।”

अध्यक्ष राईले हालको श्रम ऐनले श्रमिकको स्थायीत्वसम्बन्धी व्यवस्था हटाएको आरोप पनि लगाए। “२०४८ को श्रम ऐनले कुनै पनि श्रमिकले २४० दिन काम गरेपछि स्थायी गर्नुपर्ने व्यवस्था गरेको थियो,” उनले भने, “तर अहिलेको ऐनमा त्यो छैन। बरु अब कुनै मजदुरले एक दिनमात्र काम गरे पनि सेवा–सुविधा दिनुपर्ने भनिएको छ। तर स्थायीत्वको ग्यारेन्टी छैन।”

उनका अनुसार श्रमिकले दीर्घकालीन सुरक्षा, सेवा–सुविधा र कानुनी मान्यता पाउनुपर्ने माग गरेका छन्। बगान व्यवस्थापनले समयमै वार्ता नगरेपछि आफूहरू आन्दोलनमा जान बाध्य भएको उनीहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka