Premier Cables
Premier Steel

अर्थ

निर्माण कम्पनीका सञ्चालकबिरुद्ध राजस्व अनुसन्धानले दायर गर्यो १ अर्ब २० करोडको मुद्दा

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २२, २०८२  | राती १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा ठूलो परिमाणको बिगो दावीसहित मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार सोमबार सञ्चालक देवलाई १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय रुपैया असुली उपर गर्न तथा कैद सजायको मागदावी गर्दै उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको हो ।

बिज्ञापन

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैकमार्फत नगरेको, बीजकहरु सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरेको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

राजस्वका सूचना अधिकारी तथा यससम्बन्धी अनुसन्धान अधिकृत नवराज अधिकारीले सो कन्ट्रक्शनले सुनियोजित रुपमा राजस्व छली गरेको तथ्य भेटिएको बताउनु भयो । ध्रुव कन्ट्रक्शनले राजस्व छलेको उजुरीपछि बिभागले लामो अनुसन्धान गरी तथ्य संकलन गरेको अधिकारीले बताउनु भयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka