Premier Cables
Premier Steel

अपराध विराटनगर

रंगेली ‘क्लु’ले ढल्यो ट्रान्सफर्मर चाेरीकाे गिरोह

नोट: यो समाचार ४ महिना अघिको हो

सन्तोष बास्तोला Calendar मंगलबार, साउन २०, २०८२  | साँझ ६:२३ बजे

विराटनगर । मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोल। समय साढे १२ बजे। झरी रोकिएको थियो, सडक सुनसानजस्तै। तर, खानेपानी आयोजनाको ट्रान्सफर्मर छेउमा दुई मोटरसाइकलमा आए । तीन जना शंकास्पद व्यक्ति केही अस्वाभाविक गतिमा देखिन्थे।

उनीहरूले वरिपरि नियाल्दै ट्रान्सफर्मरको पोलतर्फ हेरे । प्रहरी गस्ती टोलीको नजर उनीहरूतर्फ पर्याे । एकाएक मोटरसाइकलमा त्यहाँबाट भागे।

बिज्ञापन

नजिकैकाे डिप बोरिङ । एकजना पोल चढ्दै गरेको देखियो। त्यही क्षणले अनुन्धानकाे बाटाे खाेल्यो । प्रहरी टोलीले दौडेर उनलाई नियन्त्रणमा लिन सफल भयो। उनी थिए – मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी।

यही पक्राउबाट सुरु भयो एउटा गम्भीर अनुसन्धान – जुनले कोसी प्रदेशमा सक्रिय करोडौंको ट्रान्सफर्मर चोरी-बिक्री नेटवर्कको पर्दाफास गर्‍यो।

प्रहरीले उनलाई सोधपुछ गर्दै जाँदा आश्चर्यजनक विवरणहरू खुल्दै गए। पिकअप भ्यान प्रयोग गरेर ट्रान्सफर्मर चोरी गर्ने, भित्रको तामा निकाल्ने र त्यसलाई पगालेर भारत पठाउने योजनाबद्ध गिरोहको पोल खुल्दै गयो ।

कोसी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीका अनुसार, यो गिरोहले अहिलेसम्म २२ वटा ट्रान्सफर्मर चोरी गरिसकेको थियो, जसको मूल्य करिब २ करोड रुपैयाँ बराबर पर्न आउँछ।

प्रहरीले विशेष टोली खटाएर अनुसन्धान विस्तार गर्दा तामाको तार खरिद गर्ने समूह पनि फेला पार्‍यो। प्रहरीको भनाइअनुसार, अनुसन्धानको क्रममा कूल ३६८ किलो ५०० ग्राम तामाको तार बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा मोरङ, सुनसरी र भारतका समेत रहेका छन्। ट्रान्सफर्मर चोरी मात्रै होइन, खरिद र बिक्रीसम्म जोडिएको यो संगठित गिरोह प्रहरीको लामो निगरानी र सुक्ष्म अनुसन्धानपछि मात्र ढलेको हो।

नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर चोरीका कारण ठुलो आर्थिक नोक्सानी भएको भन्दै प्रहरीसँग अनुरोध गरेपछि सुरू गरिएको यो अनुसन्धान अन्ततः सफलतामा टुंगिएको छ।

एक सानो सुराकीबाट सुरु भएको अनुसन्धानले ठूलो ट्रान्सफर्मर चोरी गिरोहको सञ्जालसम्म प्रहरी पुग्न सफल भएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka