Premier Cables
Premier Steel

समाचार

मोरङ-सुनसरीबाट पाँच जना विद्युत ‘ट्रान्सफर्मर चोर’ पक्राउ, थप अनुसन्धान हुंदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान ७:२५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ र सुनसरी जिल्लामा विद्युत ट्रान्सफर्मर चोरी गर्दै आएका गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय कोशीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरीयाका अनुसार पक्राउ परेकाहरूको प्रारम्भिक अनुसन्धानबाट उनीहरू हालसम्मको ट्रान्सफर्मर चोरीमा संलग्न रहेको खुलेको छ।

यो गिरोहले पछिल्लो एक वर्षको अवधिमा मोरङ, झापा र सुनसरी जिल्लामा गरी कुल २२ वटा ट्रान्सफर्मर चोरी गरेको प्रहरीले बताएको छ। तीमध्ये सबैभन्दा बढी १२ वटा ट्रान्सफर्मर सुनसरीबाट, ८ वटा मोरङबाट र २ वटा झापाबाट चोरी भएका थिए।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहका अनुसार चोरहरूले विशेषगरी ग्रामीण क्षेत्रका सिँचाइ तथा खानेपानीका लागि प्रयोग हुने ट्रान्सफर्मर लक्षित गरेका थिए। ११ हजार भोल्टको लाइन सर्ट गराएर ट्रान्सफर्मर खसाल्ने र तामाको क्वाइल निकाल्ने गरेका थिए ।

पछिल्लो पटक सुनसरीको देवांगन्जबाट ट्रान्सफर्मर चोरी भएको थियो ।
पटक पटकको चोरीका घटनाले प्राधिकरणलाई करिब २ करोड २० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुर्‍याएको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka