Premier Cables
Premier Steel

विराटनगर

ट्रान्सफर्मर चोरी–खरिदमा संलग्न गिरोह प्रहरी फन्दामा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न ३:५८ बजे

विराटनगर । काेसी प्रदेश अन्तर्गत मोरङ, झापा र सुनसरी जिल्लामा ट्रान्सफर्मर चोरी गर्दै आएका एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सञ्‍चालित अपरेशन अन्तर्गत २२ वटा ट्रान्सफर्मर चोरी गर्ने सातजनाको गिरोहलाई नियन्त्रणमा लिएको हो।

गत माघ १५ यता मोरङका ८ स्थान, सुनसरीका १२ र झापाका २ स्थानबाट ट्रान्सफर्मर चोरी भएका थिए। यस गिरोहको खोजीमा लागिरहेको प्रहरीले अन्ततः साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलबाट अर्जुनकुमार माझी (थारु) लाई पक्राउ गरेपछि समूहको सुराक फेला पारेको थियो।

बिज्ञापन

प्रहरीले मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।

चोरीमा संलग्न व्यक्तिहरूमा निम्न छन्

अर्जुनकुमार माझी (४२), ग्रामथान–४, मोरङ

इरज धामी (३१), ग्रामथान–५, मोरङ

अनुज विश्वास (३५), दुहबी–३, सुनसरी

प्रयाग कुमार खाँ चौधरी (३९), दुहबी–२, सुनसरी

अर्जुन चौधरी (२६), बेलबारी–४, मोरङ

रञ्जित तामाङ (२७), बेलबारी–३, मोरङ

आलम मिया (३४), भारत घर भएका तर दुहबी–४ मा बसोबास गर्दै

त्यस्तै, चोरी गरिएको ट्रान्सफर्मर खरिद गर्ने आरोपमा निम्न पाँच जना पनि पक्राउ परेका छन्

लक्ष्य प्रधान (५३), विराटनगर–३

कृष्णगोपाल ताम्राकार (६२), विराटनगर–६

योगेश अग्रवाल (३२), दुहबी–३

कपिल भट्ट (३१), दुहबी–२

सिताराम राई (३९), इटहरी–४

प्रहरीका अनुसार गिरोहले करिब २ करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी गरी विभिन्न व्यक्तिलाई बिक्री गर्दै आएको थियो।

जाँचका क्रममा प्रहरीलाई चोरीमा प्रयोग भएका विभिन्न औजारहरू जस्तै डायल रेन्च २२ थान, सलाई रेन्च ३, प्लास ३, पेचकस ३, छिनो १, साङली १, कैँची १, ह्याक्सो ब्लेड ३ थान लगायतका सामग्री बरामद गरिएको छ। साथै, चोरीमा प्रयोग भएका ६ वटा मोटरसाइकल पनि प्रहरीले फेला पारेको छ।

प्रहरीको अनुसार, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त टोली गठन गरेर अनुसन्धान तथा नियन्त्रण कार्य गरिएको थियो।

यो संगठित गिरोहविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka