Premier Cables
Premier Steel

अर्थ विराटनगर

मोरङ चेम्बर अफ कमर्सको छैठौं साधारण सभा सुरु (तस्बिरहरु)

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:१७ बजे

विराटनगर । मोरङ चेम्बर अफ कमर्सको छैठौं साधारण सभा विराटनगरस्थित होटल स्टन स्टारमा सुरु भएको छ। सभाको उद्घाटन कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले गरे।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी,चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष कमलेश कुमार, मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, उद्योगी दिपक महोत्रा लगायत सहभागी छन् ।

बिज्ञापन

सभाको अध्यक्षता मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गरे। उपस्थित अतिथिहरूले देशको आर्थिक क्षेत्र क्रमशः सक्रिय हुँदै गइरहेको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।

उनीहरूले निजी क्षेत्रको भूमिका उल्लेखनीय हुँदै गएकाले सरकारले व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य र समन्वय अझ प्रभावकारी हुनुपर्ने कुरामा पनि ध्यानाकर्षण गराए।

सभामा चेम्बरका वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन, र आगामी योजनाहरूको चर्चा भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka