Premier Cables
Premier Steel

विराटनगर

गुराँस पुस्तकालयद्वारा तीन व्यक्तित्वलाई ‘मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान’

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | अपराह्न २:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गुराँस पुस्तकालय, विराटनगरको आयोजनामा “मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान” कार्यक्रम एक विशेष समारोहबीच सम्पन्न भएको छ। यस वर्ष तीन जना व्यक्तित्वहरूलाई विभिन्न क्षेत्रका योगदानका आधारमा सम्मान प्रदान गरिएको हो।

सामाजिक सेवा क्षेत्रमा सक्रिय हरि सापकोटा र करिम अन्सारीलाई मुख्य सम्मान प्रदान गरिएको छ। यस्तै, नव प्रतिभा कोटिमा प्रदेश योजना आयोगकी सदस्य प्रमिला गच्छदारलाई सम्मान गरिएको हो। उनीहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक विशेष समारोहमा प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका थिए।

बिज्ञापन

विराटनगरको बरगाछीस्थित गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा डा. कोइरालाले समाज परिवर्तन र सेवामा लागेका व्यक्तिहरूको योगदानको कदर गर्नु आवश्यक रहेको बताए। उनले यस्ता सम्मानले समाजमा सकारात्मक सन्देश जाने र थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रम पुस्तकालयका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। आयोजक संस्थाले हरेक वर्ष सामाजिक, शैक्षिक तथा सिर्जनात्मक योगदान पुर्‍याउने व्यक्तिहरूलाई यो सम्मान प्रदान गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa