Premier Cables
Premier Steel

राष्ट्रिय

आयोगको निष्कर्ष : पिचरेट उल्ङ्घन गर्दा सौर्य एयर दुर्घटना

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । एक वर्ष अघि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्नुको मुख्य कारण वायुसेवा कम्पनी, पाइलट तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको गम्भीर लापरवाही रहेको छ भन्ने निष्कर्ष छानबिन आयोगले निकालेको छ।

१८ जनाको ज्यान गएको उक्त दुर्घटनाको प्रमुख कारण टेकअफका क्रममा जहाजले अत्यधिक पिचरेटमा सीधा माथि उठ्नु थियो, जसले जहाजलाई ‘डिप स्टल’ मा पुर्यायाे। ‘भी–स्पीड’ गणनामा त्रुटि, स्पिडकार्डको अशुद्धता, र जहाजमा अनियमित ढंगले कार्गो लोड गर्नुजस्ता गल्तीहरूले दुर्घटनामा भूमिका खेलेका थिए।

बिज्ञापन

जहाजको ककपिट भ्वाइस रेकर्डरका आधारमा आयोगले घटनाक्रम पुष्टि गर्ने प्रयास गरेको छ । प्रतिवेदन अनुसार ककपिटमा फस्र्ट अफिसर (कोपाइलट) उडानको तयारीका लागि जहाजको ककपिट प्रवेश गरेका थिए । स्टोर इन्चार्ज र ग्राउन्ड स्टाफले जहाजको कार्गो खण्डमा सामान लोड गरेका थिए ।

कार्गो खण्ड पूरै भरिएपछि कर्मचारीले जहाजको क्याबिनमा पनि ब्यागेज र उपकरण लोड गरेका थिए । पाइलट इन कमान्ड (पीआईसी) अर्थात् क्याप्टेन भने उडान गर्नुभन्दा ३० मिनेट अगाडि ककपिटमा प्रवेश गरेको देखिएको छ । उनले कोपाइलटसँग प्रि–स्टार्ट जाँचबारे सोधपुछ गरेका थिए ।

यो उडानमा थप कर्मचारी आउने भन्दै उडान केही ढिला गर्न चालकदललाई अनुरोध गरिएको थियो । त्यसपछि चालकदलले एयर ट्राफिक कन्ट्रोलरलाई ट्याक्सिङका लागि ३० मिनेट समय लाग्ने समेत बताएको थियो । तर, केही समयपछि नै अन्तिम कर्मचारी जहाजमा छिरेपछि क्याबिनको ढोका बन्द गरिएको थियो ।

जहाज ३४ दिनदेखि ग्राउन्डेड अवस्थामा थियो र फेरी फ्लाइटमार्फत मर्मतका लागि पोखरा लैजाँदै थियो। तर, फेरी फ्लाइटमा यात्रु बोक्न नपाइने नियमको समेत उल्लंघन गरिएको थियो। लोड व्यवस्थापनमा समेत लापरवाही देखिएको छ। क्याबिनमै लुब्रिकेन्ट, प्रज्वलनशील वस्तु र औजार बाकस राखिएको थियो।

प्रारम्भिक रिपोर्ट अनुसार, पिच र रोल रेट असामान्य थियो, तर इन्जिनमा कुनै खराबी थिएन। ककपिट भ्वाइस रेकर्डरको अध्ययनले चालक दलको तयारी अपूरो रहेको देखिएको छ। दुर्घटनास्थलमा उद्धारमा समेत ढिलाइ भयो। सुरक्षाका लागि आवश्यक स्ट्रिप (कार्गाेमा राखिने सामानहरु डाेरीले कसरे नराखेकाे पाइएकाे थियो) अभाव, अवरुद्ध आपतकालीन द्वार, र पूर्वतयारीको कमी उद्धारमा बाधा बने।

प्राधिकरणले अनुमति दिने बेला आवश्यक मापदण्डको कडाइ नगरेको, नियम उल्लंघनप्रति बेवास्ता गरेको तथा डाटा विश्लेषण नगरेको आरोप छ। आयोगले उडान डाटा अनुगमन गर्न र सम्पूर्ण वायुसेवा कम्पनीको कार्यप्रणालीमा सुधार गर्न सुझाव दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa