Premier Cables

मौसम

केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

Calendar सोमबार, असार २३, २०८२  | बिहान ९:४१ बजे

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार २३) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहाने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

बिज्ञापन

कञ्चनपुर, कैलाली, डडेलधुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप र खोटाङ भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।

सोमबार बिहानको मापनमा कोसी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको जलसतह सतर्कता तहभन्दा तल छ । कोसी र नारायणी नदी जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो

अर्थ

अर्थ