Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरले ल्यायो रु.४ अर्ब ४० लाखको बजेट, भौतिक पूर्वाधार र सामाजिक विकासमा जोड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि रु.४ अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार नगरसभाको १६ औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । विराटनगर महानगरले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ ।

भौतिक पूर्वाधारतर्फ समपुरक योजनाहरुका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरुको लागि ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि २ करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पुर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ ।

बिज्ञापन

यस्तै सडक बोर्डबाट सञ्चालन हुने योजनाहरुका लागि १ करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरेको छ ।

बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, संघीय सरकार सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै खर्चतर्फ भने महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरुका लागि ८ करोड विनियोजन गरेको छ ।

विषयगत क्षेत्रमध्ये सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख, युवा विकास कार्यक्रमका लागि ३८ लाख, आदिवासी जनजाति दलित मधेशी पिछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख विनियोजन गरिएको छ । यस्तै खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, जेष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपाङ्गता क्षमता विकास कार्यक्रमका लागि २५ लाख, खानेपानी सरसफाई २० लाख, सार्वजनिक निजी साझेदारी २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण ३० लाख, रोजगार प्रवद्र्धन कार्यक्रमका लागि ६९ लाख र संघसंस्था अनुदान ५ करोड ५ लाख समेत गरी सामाजिक विकास तर्फ १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरेको छ ।

यसैगरी आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारी तर्फ २४ लाख, उधमशिलता विकासतर्फ ४ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ। विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। सुशासन तथा संस्थागत विकासतर्फ नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन, सूचना प्रविधि, सञ्चार (मिडिया) र सेवा प्रवाह सुधारजस्ता कार्यक्रमका लागि कुल ३ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताईन् । उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पु¥याउने विश्वास व्यक्त गरिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka