






विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।
महानगरको सभा भर्खरै शुरु भएको छ । आगामी आर्थिक वर्षको कार्यक्रमका लागि विनियोजित बजेट उपमेयर कार्कीले सभामा पेश गर्नेछिन् ।
महानगरले आगामी आर्थिक वर्षको लागि रु. ४ अर्बभन्दा बढीको बजेट ल्याउने मेयर नागेश कोइरालाले जानकारी दिएका छन् । केही नयाँ कार्यक्रम र हाल चलिरहेका वहुवर्षीय योजनामा बजेट विनियोजन हुने मेयर कोइरालाले बताएका छन् ।
रानीमा स्वास्थ्य केन्द्रमा गुणस्तरीय सेवा दिइने । गर्भवती महिलालाई निःशुल्क गर्भावस्थाको परीक्षण गर्ने, बर्थिङ सेन्टर प्रभावकारी बनाइने उपमेयर कार्कीले जनाइन ।
उच्च रक्तचाप, मधुमेह जाँच, घरदैलो स्वास्थ्य कार्यक्रम, मोतियाबिन्दु मुक्त कार्यक्रमलाई निरन्तरता दिइने । छोरी बचाउ छोरी बचाउ अभियान निरन्तरता दिइने उनले बताइन । अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स र शवबाहन सेवालाई निरन्तरता दिइने जनाइएको छ । सूर्तीजन्य पदार्थ बिक्री र प्रयोगलाई कडाइ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।