Premier Cables
Premier Steel

राष्ट्रिय

भिजिट भिसा प्रकरण छानबिन गर्न समिति बन्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines

विराटनगर । सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिनका लागि शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वमुख्यसचिव बैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन गरेको हो ।

समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने छन् भने समितिलाई ३ महिनाको कार्यादेश रहने बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिएका छन्। भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो ।

प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएका छन्, भलै संसद बैठकमा सरकारले पेश गरेको बजेटमाथिको छलफल भने अघि बढेकै छ। भोलि मंगलबार बजेट पास गर्ने तयारी समेत छ।

सरकारले जेठ १५ गते सङ्घीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka