Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा नक्कली प्रहरी परे सक्कलीकाे फन्दामा, यसरी पक्राउ परे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | बिहान ७:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ प्रहरीको पहिचान बनाएर सर्वसाधारणसँग धम्क्याई पैसा असुल गर्ने एक युवक विराटनगरमा पक्राउ परेका छन्।

मोरङ जिल्ला, विराटनगर महानगरपालिका–१२ बस्ने २५ वर्षीय धन कुमार थारु रानी–जोगबनी सडकखण्डमा आफूलाई प्रहरीको परिचय दिँदै जोगबनीबाट घरायसी सामान ल्याउँदै गरेका शारीरिक रूपमा अपाङ्ग व्यक्ति लगायत सर्वसाधारणलाई डर त्रास देखाई रकम असुल गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको हो।

मिति २०८२ असार ६ गते उनलाई खोजी गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याइएको र जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थारुले बारम्बार सर्वसाधारणलाई लक्षित गर्दै झुक्याउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। स्थानीयवासीलाइ यस्ता घटनाप्रति सतर्क रहन प्रहरीको आग्रह छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka