Premier Cables

समाचार

इमन् बट्लरको ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरसीप’को नेपाली अनुवाद आउँदै

Calendar मंगलबार, असार ०३, २०८२  | राती १०:१८ बजे

विराटनगर। बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरसीप’को नेपाली अनुवाद ‘उद्यमशीलता एक परिचय’ प्रकाशनको तयारी गरिएको छ ।

बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका सह-संस्थापक एवम् निर्देशकसमेत रहेका अर्थशास्त्री बट्लरको किताब विकल्प एन अल्टरनेटिभ र ‘वी रिड’ प्रकाशनको सहकार्यमा नेपाली भाषामा प्रकाशन हुन लागेको हो ।

बिज्ञापन

विराटनगरको पत्रकारितामा समेत सक्रिय रहेका युवा निशान्त ढुङ्गानाले किताबको नेपाली अनुवाद गरेकाे ‘वी रिड’ ले जनाएकाे छ ।

किताबमा किन उद्यमशीलताप्रति चासो राख्न आवश्यक छ भन्ने कुराको व्याख्या, उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा राख्ने अर्थ, यसको मुख्य विचार र उद्यमीलाई आवश्यक प्रोत्साहन लगायतका कुराहरू समावेश रहेको अनुवादकले बताएका छन्।

त्यस्तै, किताबमा उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्त, यसको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा यसको आश्चर्यजनक व्यापकता, यसका किसिम, यसले गर्ने नियमनलाई अनावश्यक प्रभावमा पार्दाको खतरा र फाइदा लिन कसरी उपयुक्त नीति निर्माण गर्ने वातावरण बनाइनु पर्छ जस्ता विषयहरु समेटेको दाबी गरिएको छ ।

विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले किताब असार महिनाभित्र बजारमा आइसक्ने जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो