Premier Cables

अर्थ

टेलिकम प्रबन्ध निर्देशकसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Calendar आइतबार, जेठ २५, २०८२  | अपराह्न २:३५ बजे

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालसहित १८ जना विरूद्ध अख्तियार दूरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको निश्कर्ष निकाल्दै ३३ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ । आरोपीहरूविरूद्ध ३३ करोडको बिगो मागदाबी गरिएको छ ।

नेपाल टेलिकमकमा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएतका समस्या देखिएपछि नयाँ प्रणाली जडान गर्नु पर्ने निर्णय भएको थियो ।

तर प्रबन्ध निर्देशक सहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरी एसिया इन्फनो कम्पनीलाई मर्मत सम्भारको जिम्मोवारी दिइएको थियो ।

हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतका लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएको थियो । नयाँ प्रणाली जडानका लागि टेन्डर प्रक्रिया समेत अगाडी बढीसकेको अवस्थामा सुनिल पौडेल प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेर आएपछि टेण्डर नै रोकिएको थियो ।

पुरानै बिलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुहावट भएको र त्यसबाट ३३ करोड क्षति भएको दाबी अख्तियारले गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो