Premier Cables
Premier Steel

समाचार

मोबाइल डेटा सेवामा सुधार, अनुमति बिना ब्यालेन्स नकाटिने व्यवस्था लागू

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान १०:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटा सेवामा व्यापक सुधार गर्ने निर्णय गर्दै ग्राहकको अनुमति बिना ब्यालेन्स नकाटिने व्यवस्था लागू गर्ने भएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे सुधारात्मक कार्यक्रम स्वीकृत भएको जानकारी दिएको हो।

नयाँ कार्ययोजनाअनुसार अब प्रयोगकर्ताको डेटा प्याकेज सकिनुअघि ९० प्रतिशत खपत भएपछि अनिवार्य रूपमा सूचना (अलर्ट) पठाइनेछ। यसले ग्राहकलाई डेटा सकिन लागेको समयमै जानकारी दिनेछ।

बिज्ञापन

त्यस्तै, डेटा प्याकेज सकिएपछि स्वतः महँगो दरमा ब्यालेन्स काटिने ‘पे-एज-यू-गो’ प्रणालीलाई प्रयोगकर्ताले इच्छाअनुसार निष्क्रिय (डिसेबल) गर्न सक्ने विकल्प पनि उपलब्ध गराइनेछ। मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल डेटा सेवा ‘सब्सक्रिप्सन मोडल’मा सञ्चालन गर्ने व्यवस्था समेत लागू गरिनेछ।

मन्त्रालयले नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयनका लागि मोबाइल डेटा, नागरिक एप तथा राहदानी वितरणजस्ता क्षेत्रमा सुधारका योजना अघि सारेको जनाएको छ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार सबै मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रभित्र सुधारका कार्यक्रम ल्याउन निर्देशन दिइएको थियो। सोही अनुरूप सञ्चार मन्त्रालयले यी प्राथमिकताका कार्यक्रम तय गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka