Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हर्मुज जलमार्गमा तनाव चुलिँदै, ओमाननजिकै दुई तेल ट्याङ्करमाथि प्रहार

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बेलायत । हर्मुज जलमार्गमा जहाजको आवतजावतलाई लिएर इरानले कडाइ जारी राखेका बेला ओमाननजिकै दुईवटा तेल ट्याङ्करमाथि अज्ञात प्रक्षेपणबाट आक्रमण भएको छ। शनिबार भएका छुट्टाछुट्टै घटनामा दुवै ट्याङ्करमा क्षति पुगेको बेलायती समुद्री सुरक्षा निकायले जनाएको छ।

बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ) का अनुसार पहिलो ट्याङ्कर हर्मुज जलमार्ग हुँदै बाहिरिने क्रममा ओमानको खसाब बन्दरगाहबाट करिब ११ समुद्री माइल उत्तरमा प्रहारको निशानामा परेको थियो। उक्त प्रहारबाट ट्याङ्करको पछाडिको भागमा क्षति पुगेको छ।

विज्ञापन

त्यसको केही समयपछि खसाब बन्दरगाहबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को ट्याङ्करको इन्जिन कक्षमा अज्ञात प्रक्षेपण प्रहार भएको जानकारी प्राप्त भएको यूकेएमटीओले जनाएको छ। यद्यपि, दुवै घटनामा एउटै ट्याङ्कर संलग्न थियो वा फरक–फरक जहाज थिए भन्ने स्पष्ट भइसकेको छैन।

घटनामा कुनै पनि चालक दलका सदस्य घाइते भएको खबर प्राप्त नभएको जनाइएको छ। तर, समुद्री वातावरणमा क्षति पुगे–नपुगेको विषय भने पुष्टि हुन बाँकी छ।

यसअघि शुक्रबार पनि खसाबनजिकै हर्मुज जलमार्गबाट बाहिरिँदै गरेको एउटा तेल ट्याङ्कर अज्ञात प्रक्षेपणको निशानामा परेको थियो। उक्त घटनापछि ट्याङ्करमा आगलागी भएको यूकेएमटीओले जनाएको थियो।

ओमानको मुसन्दम प्रायद्वीपस्थित खसाब बन्दरगाह रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गको प्रवेशद्वारमा पर्दछ। विश्वको कुल कच्चा तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

इरान, अमेरिका र इजरायलबीचको द्वन्द्वपछि यस जलमार्गमा जहाजको आवतजावत प्रभावित हुँदै आएको छ। पछिल्ला घटनाले अन्तर्राष्ट्रिय तेल ढुवानी तथा समुद्री सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka