Premier Cables
Premier Steel

खेलकुद

नेपाल आज ओमानसँग खेल्दै, तेस्रो पटक विश्वकपमा स्थान बनाउने लक्ष्य

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | बिहान ७:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गत नेपालले आज घरेलु टिम ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल राति ८:४५ बजे सुरु हुनेछ।

सुपर–६ चरणमा लगातार दुई जित हात पारेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके, नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा तेस्रो पटक स्थान बनाउनेछ।

बिज्ञापन

यता, ६ अंक नै रहेको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ। ओमानले पनि नेपाललाई हराउँदै विश्वकप यात्रा पक्का गर्ने लक्ष्य राखेको छ।

नेपालले यसअघि सुपर–६ मा यूएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेको थियो। सुपर–६ अन्तर्गत नेपालले अर्को खेल समाओविरुद्ध खेल्नेछ।

दुईपटक विश्वकपमा सहभागिता

नेपाली टिम अहिलेसम्म दुईपटक टी–२० विश्वकपमा सहभागी भइसकेको छ।

पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित प्रतियोगितामा पारस खड्काको कप्तानीमा खेलेको थियो। दोस्रोपटक गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka