Premier Cables
Premier Steel

समाचार

मोरङको ग्रामथानबाट ३४७ केजी गाँजा बरामद, दुई जना प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ६:३४ बजे

विराटनगर । पंहरीले मोरङको ग्रामथान गाउँपालिका क्षेत्रमा ‘ह्युम पाइपमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

बुधबार ग्रामथान गाउँपालिका–७ को कलाबन्जार चोकबाट ३४७ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

बिज्ञापन

गाँजा ओसार पसारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा थुनामा राखी अनुसन्धान अघि बढाइएको डिएसपी जोशीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka