Premier Cables
Premier Steel

विराटनगर

पालिका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन जेठ २३ र २४ गते विराटनगरमा हुने भएको छ। देशभरिका २९१ पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागितामा हुने यो सम्मेलन वीरेन्द्र सभा गृहमा आयोजना हुनेछ।

बुधवार पत्रकार सम्मेलनमार्फत् महानगरले यो जानकारी गराउँदै, सम्मेलनको उद्घाटन पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको जनाएको छ।

बिज्ञापन

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले यस प्रकारका कार्यक्रमले प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताए। साथै, यसले पालिकाको विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ छ । उनका अनुसार, यो सम्मेलन विराटनगरको लागि मात्र होइन, समग्र देशको स्थानीय तहका लागि सकारात्मक सन्देश दिने अवसर हुनेछ।

कार्यक्रमका लागि अनुमानित ४२ लाख खर्च हुने जनाइएको छ। कोशी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । बाँकी खर्च महानगरपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने छ ।

देशभरका ७५३ पालिकाहरूमध्ये २९१ उपप्रमुखहरूको सहभागिता हुने जनाइएको छ। उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार, कोशी प्रदेशका १३६ पालिकासहित, सबै महानगरपालिका र उपमहानगरपालिकाका साथै विभिन्न प्रदेश र जिल्लाका प्रतिनिधित्व हुने गरी सहभागीहरूलाई निमन्त्रणा दिइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा उपप्रमुखहरूको भूमिका, प्रगति, र अनुभव साटासाट गर्ने फरक फरक सत्र हुने जनाइएको छ। कार्यक्रमको उद्घाटन समारोह शुक्रवार, जेठ २३ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डाले गर्ने बताइएको छ ।

यो सम्मेलनले स्थानीय सरकारका पदाधिकारीहरूबीच ज्ञान र अनुभव आदान प्रदान गर्दै देशभरका पालिकाहरूको विकासमा सहकार्यको नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको महनगरले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka