Premier Cables

राष्ट्रिय

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | बिहान १०:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिनुभयो ।

विज्ञापन

उहाँका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उहाँसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka