Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा खुल्यो नाइस कलेक्सन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | साँझ ६:१६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाको वडानम्बर ६ मा महिला र बालबालिकाका लागि लक्षित नयाँ सपिङ सेन्टर एम एस नाइस कलेक्सन सञ्चालनमा आएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको उक्त सपिङ सेन्टरले स्थानीय बासिन्दाहरूलाई आवश्यक सामग्री एकै छानामुनि उपलब्ध गराउँदै टाढा बजार जानुपर्ने बाध्यता हटाउने लक्ष्य लिएको छ।

एम एस नाइस कलेक्सन महिलाका लागि गरगहना, कपडा, शर्टिङ–सुटिङ, तथा टेलर सेवा जस्ता सामग्री उपलब्ध छन्। यसैगरी, बालबालिकाका लागि लुगा र जुत्ता लगायतका सामग्रीहरू सहज रूपमा पाइनेछ। सञ्चालनकर्ताहरूका अनुसार यहाँ बजार मूल्यभन्दा सस्तो मूल्यमा विभिन्न आकर्षक सामान उपलब्ध हुनेछ।

बिज्ञापन

सपिङ सेन्टर सञ्चालनमा आएपछि विशेषगरी महिलाहरूलाई फरक–फरक पसल धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ। एकै ठाउँमा विविध प्रकारका आवश्यक वस्तुहरू सहजै प्राप्त हुने भएकाले ग्राहकहरूको समय र श्रम वचत हुने अपेक्षा गरिएको छ।

नाइस कलेक्सनका सञ्चालकका अनुसार नयाँ कलेक्सन सहितको सुविधा उपलब्ध गराउन यस सेन्टरले भरपूर प्रयास गर्नेछ। यसले विराटनगर र आसपासका ग्राहकहरूलाई आकर्षित गर्न सक्नेमा उनीहरू विश्वस्त छन्।

स्थानीय व्यवसायमा नयाँपन र सहजता प्रदान गर्न उद्यम गरिरहेको नाइस कलेक्सनले विराटनगरकै एक सुविधाजनक गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न चाहेको छ। ग्राहकहरूको रोजाइलाई ध्यानमा राखी सहज र सुलभ सपिङ अनुभव प्रदान गर्न यस सेन्टरले बल पुर्‍याउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka