Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा हरियाली, होटल-लगानी क्षेत्र उचालिए

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ १९, २०८२  | साँझ ४:५९ बजे

काठमाडौं । बजेट घोषणापछिको सेयर बजारको पहिलो दिनको कारोबार १.६० अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ ।

बिज्ञापन

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो ।

कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ ।

होटल तथा पर्यटन २.३९ तथा लगानी २.२८ प्रतिशत बढे । यी दुई सेक्टर उच्च दरमा बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण हो । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने बजेटको घोषणा छ ।

त्यस्तै लगानी सेक्टरका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले उल्लेख गरेको छ ।

आज विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.५९, हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार ०.३५ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३५ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.२० तथा विन नेपाल लघुवित्तको ३.०४ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka