Premier Cables
Premier Steel

राजनीति

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | अपराह्न १:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | सरकारले बिजुलीको महसुल घटाउने तयारी अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने उद्देश्यले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो।

बिज्ञापन

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्।

मन्त्रालयमा अपराह्न ४ बजे बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुनेछ। वर्षायाममा विद्युत् उत्पादन बढ्दा बिजुली खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकन गर्न लागिएको शाहीले बताएका छन्।

वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक रूपमा नोक्सानी व्यहोर्नुपरेको भन्दै शाहीले ‘सिजनल ट्यारिफ’ लागू गरेर उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी भइरहेको बताए।

उनका अनुसार उद्योगलाई पनि वर्षायाममा सस्तो दरमा विद्युत् उपलब्ध गराउने तयारी छ। उद्योगले सस्तो बिजुली पाएपछि उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउन सकिने विषयमा समेत छलफल भइरहेको छ।

‘सिजनल ट्यारिफ’ लागू गर्दा महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा आजको बैठकमा छलफल हुने शाहीले बताए। उद्योगले सस्तो विद्युत्को लाभ आफ्ना उत्पादनको मूल्यमा कसरी दिन सक्छन् भन्ने विषय पनि छलफलको विषय रहेको उनले बताए।

समितिले छलफलपछि विद्युत् महसुल पुनरावलोकनसम्बन्धी निर्णय छिट्टै गर्ने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka