Premier Cables
Premier Steel

समाचार

युवाका अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | साँझ ५:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले युवाका अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोगले युवाको विचार सुन्न, निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको हो।

बिज्ञापन

आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालसम्बद्ध निकाय र संस्थालाई युवाको सुरक्षित, सम्मानजनक र अर्थपूर्ण सहभागिताको वातावरण बनाउन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा युवाविरुद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।

मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय कानुन तथा नेपालको कानुनमा युवाका अधिकार सुनिश्चित गर्न विभिन्न व्यवस्था भए पनि सामाजिक सञ्जाल र सार्वजनिकस्थलमा विचार व्यक्त गर्दा युवाले धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी तथा अनुचित कानुनी कारबाहीको सामना गर्नुपरेको गुनासो आयोगमा आएको जनाएको छ।

सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तरपुस्तागत ज्ञान र सीप हस्तान्तरण प्रभावकारी हुन नसक्ने आयोगले जनाएको छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्नु तथा देशको विकासमा उनीहरूको ज्ञान, सीप र ऊर्जाको प्रभावकारी उपयोग हुन नसक्नु चिन्ताको विषय रहेको आयोगको भनाइ छ।

आयोगले युवाको आवाजलाई लोकतान्त्रिक समाजको महत्वपूर्ण आधारका रूपमा लिँदै स्वतन्त्र रूपमा अभिव्यक्ति दिने, शान्तिपूर्ण सभा गर्ने र सङ्गठन गर्ने अधिकारको सम्मान गर्नुपर्ने जनाएको छ। आलोचनात्मक धारणा वा फरक मत राखेकै आधारमा युवाका अधिकारमा अनुचित बन्देज लगाउन नहुने आयोगको भनाइ छ।

अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने कुनै पनि सीमा संविधान, कानुन तथा अन्तरराष्ट्रिय मानव अधिकारका मापदण्डअनुकूल, आवश्यक र समानुपातिक हुनुपर्ने आयोगले जनाएको छ।

युवालाई जिम्मेवार, शान्तिपूर्ण र तथ्यमा आधारित ढङ्गले आफ्ना विचार राख्न तथा मानव अधिकार र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा सक्रिय हुन प्रोत्साहित गर्नुपर्ने आयोगको भनाइ छ।

सन् १९९८ मा पोर्चुगलको लिस्बनमा भएको युवासम्बन्धी विश्व सम्मेलनले १२ अगस्टलाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउन सिफारिस गरेको थियो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ मा उक्त सिफारिस अनुमोदन गरेपछि सन् २००० देखि विश्वभर अन्तरराष्ट्रिय युवा दिवस मनाउन थालिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa