Premier Cables
Premier Steel

खेलकुद

विश्वकप डेब्युमै चम्किए हालान्ड

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | बिहान ८:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वर्तमान विश्व फुटबलका सर्वाधिक प्रभावशाली स्ट्राइकरमध्ये एक मानिने एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकपमै उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।

उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा हालान्डको शानदार प्रदर्शनको प्रेरणामा २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले इतिहास रच्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

बिज्ञापन

क्लब र राष्ट्रिय टोली दुवैका लागि लगातार गोल गर्दै ‘गोल मेसिन’को परिचय बनाएका हालान्डले विश्वकप डेब्युमै आफ्नो प्रभावशाली लय कायम राखेका हुन्।

अन्तिम १६ अन्तर्गत सोमबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा हालान्डले दुई गोल गरेपछि नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्‍यो।

योसँगै चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक अन्तिम आठमा पुग्न सफल भएको छ। यता, ब्राजिल भने ३६ वर्षपछि विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको छ। यस जितसँगै नर्वेले ब्राजिलविरुद्धको अपराजित यात्रा पाँच खेलसम्म विस्तार गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa