Premier Cables
Premier Steel

समाचार

सुनसरीमा एक स्कार्पियो गाँजा बरामद, तौल ४३८ केजी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines

इटहरी । सुनसरीमा प्रहरीले एक स्कार्पियो गाँजा बरामद गरेको छ।

दुहबी नगरपालिका–११ स्थित तनमुना नहरचोक-शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट ४३८ केजी गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा प्रहरी चौकी तनमुना र रामगञ्ज वेलगछियाबाट खटिएको संयुक्त टोलीले बिहीबार बिहान ३ बजे उक्त गाडी जाँचका लागि रोके पनि चालक गाडी छाडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ।

गाडीको तलासी गर्दा प्लास्टिकमा प्याक गरिएको १४ वटा पोका भेटिएको र ती पोका करिब ४३८ केजी गाँजा रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ।

बरामद गरिएको गाँजा र स्कार्पियो गाडी अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। फरार चालकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka