Premier Cables
Premier Steel

समाचार

नेप्से परिसूचकमा सामान्य सुधार

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | साँझ ४:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६० प्रतिशत अर्थात १.६३ अंकले बढेर २ हजार ७०२.११ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४६३.९८ विन्दुमा पुगेको छ।

बिज्ञापन

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड ४९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ४१ करोड ४८ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘अहिले सेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । अर्थमन्त्रीले आज मात्रै सेयर बजार र बीमा बजारको विषयमा बोल्नुभएको छ । बीमा क्षेत्रबाट एक खर्ब भन्दा बढीको रकम अपचलन भएको कुरालाई अर्थमन्त्रीले गम्भीरताका साथ लिनुभएको बताउनुभएको छ । साथै सेयरबजारमा समेत ठूला लगानीकर्ताहरुको कारोबारमा सरकारले अनुसन्धान गरिरहेको कुराले अन्य लगानीकर्तालाई समेत त्रसित बनाएको छ । निष्पक्ष ढंगबाट सेयर कारोबार गर्नेहरु त्रसित हुन वा डराउनुपर्ने कुनै कारण छैन ।’

उनले भने, ‘तर अहिले अधिकांश लगानीकर्ताहरुमा मनोबल उच्च नभएको अवस्था छ, यस्तो अवस्थामा अर्थमन्त्रीले आम लगानीकर्ताको मनोबल बढाउन नीतिगत कुराहरु अवलम्बन गर्नुपर्दछ । यदि केही नीति संशोधन गर्नुपरे पनि त्यसबारेमा अर्थमन्त्रीले सोच्नुपर्छ ।

केही समयसम्म बजार यस्तै हुने सक्ने देखिन्छ, तर सरकारबाटै लगानीकर्ताको मनोबल उकास्ने कार्य भएमा बजार २९ सय भन्दा माथि जाने सम्भावना छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa