Premier Cables
Premier Steel

राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली जाँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन्। संयोगवश उनी स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्दै छन्।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।

बिज्ञापन

लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए।

उनको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका थिए। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार टोली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यता, परराष्ट्रमन्त्री शिशिर खनाल आफ्ना भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा आजै नयाँदिल्ली प्रस्थान गर्दै छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा खनालले भारतीय विदेशमन्त्री जयशंकरसहित उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय हित र आपसी सहकार्यका विविध विषयमा छलफल गर्नेछन्।

खनालको भ्रमणमा नेपाल–भारत सम्बन्ध, सीमा व्यवस्थापन, व्यापार, पारवहन तथा दुई देशका साझा चासो र प्राथमिकतासँग सम्बन्धित विषयहरू मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka