Premier Cables
Premier Steel

अर्थ

निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध व्यवसायीको धर्ना, ठेक्का मूल्य समायोजनको माग

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | अपराह्न ३:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इन्धनसहित निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ ले सडक विभाग र जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ ।

मूल्यवृद्धिका कारण देशभर सञ्चालनमा रहेका अधिकांश आयोजना बन्द हुने अवस्थामा पुगे पनि सरकारले बेवास्ता गरेको भन्दै महासंघ र त्यससँग आबद्ध एसोसिएट सदस्य समन्वय समितिले बिहीबार आन्दोलन गरेका हुन् ।

बिज्ञापन

व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी तथा सिँचाइ विभागका उपमहानिर्देशक सन्तोष कैनी लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महासंघका महासचिव शिवहरि घिमिरे ले सरकारले निर्माण व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

उनका अनुसार निर्माण सामग्री र इन्धनको मूल्य आकासिँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका छन् । त्यसैले बढेको बजार मूल्यअनुसार ठेक्काको रकम समायोजन गर्नुपर्ने, रोकिएका आयोजनाको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण बनाउनुपर्ने तथा आगामी बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानी सुनिश्चित गर्नुपर्ने माग व्यवसायीहरूको छ ।

आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि महासंघले आपत्ति जनाएको छ । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीमै नकारात्मक असर पर्ने महासंघको भनाइ छ ।

महासचिव घिमिरेले हालको मूल्यवृद्धि व्यवसायीले धान्न नसक्ने अवस्था सिर्जना भएकाले तत्काल मूल्य समायोजनको निर्णय गर्न सरकारसँग माग गरेका छन् । साथै म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सजस्ता विषय समयमै सम्बोधन नभएकै कारण काम रोक्नुपरेको उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka