Premier Cables
Premier Steel

राष्ट्रिय

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ । सभामुख डीपी अर्यालले अधिकारीलाई प्रतिनिधिसभा सचिव पदमा सिफारिस गरेका हुन् ।

यसअघि कार्यरत हर्कराज राईलाई हटाएर अधिकारीलाई नियुक्त गर्न लागिएको हो । संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ ।

बिज्ञापन

उक्त धारामा प्रतिनिधिसभा सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ निवासी अधिकारीसँग निजामती सेवामा २४ वर्षको अनुभव रहेको छ । उपसचिव पदबाट सेवानिवृत्त उनी विभिन्न प्रशासनिक जिम्मेवारीमा कार्यरत रहिसकेका कर्मचारी हुन् ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर तथा दक्षिण कोरियाको प्थगलन ज्भभ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।

संघीय संसद् महासचिव, प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा सचिवको पारिश्रमिक तथा सेवासर्त सम्बन्धी ऐन, २०७५ अनुसार उनले विशिष्ट श्रेणीको सचिव सरह सेवा सुविधा पाउनेछन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka