Premier Cables
Premier Steel

समाचार

सुनसरीमा ४४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २९, २०८३  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख २९ गते राति इलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरी टोलीले धरान–१३ क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा गाँजा बरामद गरेको हो।

बिज्ञापन

प्रहरीका अनुसार गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ। उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री-वितरण तथा सेवन कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka